सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्लासिक टेकमा १०० भन्दा बढी विभिन्न पदमा रोजगारको अवसर

क्लासिक टेकमा १०० भन्दा बढी विभिन्न पदमा रोजगारको अवसर

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी Classic Tech ले सेवा विस्तार र ग्राहक सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नेपालभर १०० भन्दा बढी कर्मचारीको माग गरेको छ।कम्पनीले फाइबर इन्जिनियर, फाइबर लिडर तथा फिल्ड सपोर्ट लगायतका पदमा योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

खाली पदहरू
फाइबर इन्जिनियर
फाइबर लिडर
फिल्ड सपोर्ट
लगायत अन्य पदहरू
सुविधाहरू
Classic Tech ले छनोट हुने कर्मचारीलाई मासिक ३०,००० रुपैयाँसम्म तलबका साथै ओभरटाइम सुविधा उपलब्ध गराउने जनाएको छ। यसका साथै CUG सिम कार्ड, पर्फर्मेन्सका आधारमा करिअर ग्रोथ, तालिम तथा सिकाइको अवसर र नेपालभर कार्य गर्ने अवसर दिइने कम्पनीले जनाएको छ।

कार्यस्थान र आवेदन
कार्यस्थान नेपालभरका विभिन्न शाखाहरू रहने छन्। इच्छुक उम्मेदवारले आफ्नो CV career@classic.com.np मा इमेल गरेर, Classic Tech को आधिकारिक वेबसाइटबाट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरेर आवेदन दिन सक्नेछन्।

कम्पनीले इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन आग्रह गरेको छ।

प्रकाशित: Aug 10, 2026| 09:56 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्