सोमबार, साउन २५, २०८३

आज संघीय संसद्का‍ चार समितिको बैठक बस्दै

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- आज संघीय संसदका चार समितिको बैठक बस्दैछ।

आज प्रतिनिधि सभाका पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।

आज बिहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक क्रियाकलापहरूको समीक्षा र राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

त्यसैगरी बिहान ९ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

त्यस्तै बिहान साढे ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति,२०८३ को कार्यान्वयनको सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

त्यसैगरी बिहान ११ बजेदेखि शुरु हेन राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधि सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

प्रकाशित: Aug 10, 2026| 05:52 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्