सोमबार, साउन २५, २०८३

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

 |  आइतबार, साउन २४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०८३

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको  तीनबुँदे सहमतिअनुसार  मन्त्रिपरिषद् गठन हुने बताए। 

सङ्क्षिप्त कुराकानीमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए। उनले भने, ‘केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।’

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उहाँको तर्क छ। मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएका उनले स्पष्ट पारे।

नेकपा (एमाले)को समर्थनमा यही साउन १२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: Aug 09, 2026| 10:52 आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्