शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपीजी ग्यास सहज रूपमा नपाएको, विक्रेता तथा डिपोले ग्यास लुकाएर आफू निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गरेको र तोकिएको मूल्यभन्दा बढी रकम लिएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले ग्यासजस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा सहज रूपमा पाउनु उपभोक्ताको अधिकार भएको जनाएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने विक्रेता तथा डिपोमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

यस्तो गैरकानुनी कार्य भएको थाहा पाएमा वा आफू ठगिएको महसुस भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको निःशुल्क दूरभाष नम्बर ११३७ मा जानकारी गराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ।

विभागले ७.१ किलोग्रामको सट्टा १४.२ किलोग्रामको एलपीजी ग्यास वितरण गर्दा केही समय देखिएको वितरणसम्बन्धी समस्या चाँडै समाधान हुने भन्दै उपभोक्तालाई नआत्तिन पनि आग्रह गरेको छ।

प्रकाशित: Aug 07, 2026| 17:07 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्