शुक्रबार, साउन २२, २०८३

नेप्सेमा आज पनि गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं। नेप्सेमा आजपनि गिरावट आएको छ। आज शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेर रोकिएको छ।

आज ३३४ कम्पनिका एक करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ मा कारोबार भएको थियो। आज उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर ८.६० प्रतिशतले बढेको छ भने सिभिल बैंक डिभेन्चरको शेयर ६.९६ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको ६.९३ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ३९ करोड २५ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २३ करोड २ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Aug 07, 2026| 15:52 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्