शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न, यो कांग्रेसको संस्कार होइन : शेखर कोइराला

अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न, यो कांग्रेसको संस्कार होइन : शेखर कोइराला

मंगलबार ट्विट गर्दै नेता कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनका सुविधाका लागि कांग्रेसको संस्कारविपरीतको काम गरेको बताएका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताएका छन्। मंगलबार ट्विट गर्दै नेता कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनका सुविधाका लागि कांग्रेसको संस्कारविपरीतको काम गरेको बताएका हुन्। 

'सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याइएको हुनसक्छ। तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न,' उनको ट्विटमा लेखिएको छ। 

सरकारले संसदबाट परिमार्जन र सुधार गरी बजेट ल्याउनुपर्नेमा अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गलत कदम भएको उनको भनाइ छ।  'सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।'

मंगलबारको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। 

प्रकाशित: Aug 17, 2021| 16:29 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...