मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंकले सुरू गर्‍यो एपबाटै अन्तर्राष्ट्रिय डाटा र आइ डि पि सेवा

कुमारी बैंकले सुरू गर्‍यो एपबाटै अन्तर्राष्ट्रिय डाटा र आइ डि पि सेवा

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

काठमाडौं- कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. NIMBUZZ बीच ग्राहकलाई थप डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।यस सहकार्यसँगै अब कुमारी बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय डाटा eSIM प्याकेज खरिद गर्न र अन्तर्राष्ट्रिय ड्राइभिङ पर्मिट IDP का लागि आवेदन दिन सक्नेछन्।

विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका र व्यवसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकका लागि यो सेवा विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।

eSIM सेवाले विदेश पुगेपछि स्थानीय सिम कार्ड खोज्ने र सिम परिवर्तन गर्ने झन्झट हटाउनेछ भने IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमती प्राप्त गर्ने प्रक्रियालाई सरल र छिटो बनाउनेछ।

सेवाको अर्को विशेषता भनेको eSIM र IDP को शुल्क नेपाली रुपैयाँमा नै भुक्तानी गर्न सकिने हो। यसले ग्राहकको समय, लागत र श्रम बचतका साथै अन्तर्राष्ट्रिय स्तरका सेवा स्वदेशमै बसेर प्राप्त गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ।

विगत २५ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर र ३०३ एटीएममार्फत सेवा दिइरहेको छ।

प्रकाशित: Aug 04, 2026| 13:37 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्