मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको ४३८० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४३५० मा कारोबार भएको थियो।

प्रकाशित: Aug 04, 2026| 11:18 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्