काठमाडौं- नेपालमा हुन्डाइ गाडी बिक्री गर्दै आइरहेको लक्ष्मी ग्रुपले प्रिमियम हाइब्रिड गाडी 'बिएआइसिको बिजे ३०-ई' भित्र्याउने भएको छ। नेपालमा केही दिनमा नै यस गाडीलाई सार्वजनिक गर्ने तयारी लक्ष्मी ग्रुपको छ। यसको।
१५ सय सिसिको इन्जिन रहेकाे गडिमा २ वटा डिएचटी अटोमेटिक ट्रान्समिसन छ। यो इलेक्ट्रिकबाट र पेट्रोलबाट गाडी चलाउँदा प्रयोग गरिन्छ। सहरमा इलेक्ट्रिक मोटरले काम गर्छ भने अफ रोडमा पेट्रोल इन्जिनले बढी पावर दिन्छ।
उकालो र आरोलोमा दुबै इलेक्ट्रि र पेट्रोल दुबै शक्ति मिलेर राम्रो पिकअप दिन्छ। यो गाडीको ग्राउण्ड क्लियरेन्स १ सय १५ एमएमको छ।१९ इन्चको एलोब्हिल छ। ३६० डिग्री क्यामरा, एडास, क्रुज कन्ट्रोल भएको यो गाडीमा ६ वटा एयर ब्याग छ।

यो गाडीले फुल ट्यांकमा १ हजारभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। यो गाडीले नेपाल बजारमा टोयोटाको हाइब्रिड र्याप फोरसँग कडा प्रतिस्पर्धा गर्नेछ। यो अफ-रोड शैलीको डिजाइन, उच्च ग्राउण्ड क्लियरेन्स र आधुनिक सुरक्षा सुविधाका कारण चर्चामा छ।