बिहीबार, साउन १४, २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

 |  बिहीबार, साउन १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो। गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० निर्धारण भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

प्रकाशित: Jul 30, 2026| 11:18 बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्