मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन

 |  मंगलबार, साउन १२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०८३

झापा- घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ।

कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै ३०२ सेवामूलक उद्योग रहेका छन्। त्यसैगरी १४७ उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, ३ सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन्।

कार्यालयले संकलन गरेको कुल राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट रु एक करोड ९८ लाख १४ हजार ५०, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु ४२ लाख ८२ हजार १०० तथा सरकारी सम्पत्तिको बिक्रीबाट रु ६५ हजार प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए। 

प्रकाशित: Jul 28, 2026| 11:01 मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्