शुक्रबार, भदौ ५, २०८३

दल विभाजन गर्ने अध्यादेश नल्याउन गोकर्ण विष्टको माग

अध्यादेशले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने उल्लेख गर्दै उनले अध्यादेश ल्याउने निर्णय फिर्ता गर्न माग गरेका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- नेकपा एमालेका सचिव गोकणर् विष्टले दल विभाजन गर्न सजिलो पर्ने गरी ल्याउन लागिएको अध्यादेश फिर्ता गर्न माग गरेका छन्। 

अध्यादेशले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने उल्लेख गर्दै उनले अध्यादेश ल्याउने निर्णय फिर्ता गर्न माग गरेका हुन्। 

‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरीत दलविभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ,' विष्टले फेसबुकमा लेखेका छन्, 'यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ। राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ। दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ। अन्ततः यसले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ।'

दल विभाजनलाई सजिलो बनाउने गरी ल्याइने अध्यादेशलाई प्रतिगामी कदमको संज्ञा दिँदै विष्टले फिर्ता लिन बाध्य पार्नका लागि आह्वानसमेत गरेका छन्। 

प्रकाशित: Aug 17, 2021| 15:57 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...