बिहीबार, असार ३२, २०८३

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

 |  बिहीबार, असार ३२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३२, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो। 

राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: Jul 16, 2026| 17:04 बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्