बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

 |  बिहीबार, असार ३२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३२, २०८३

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्दै छन्।
 
केही समयपछि हुने उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

उनका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने छन्।

प्रकाशित: Jul 16, 2026| 13:03 बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्