मंगलबार, असार १६, २०८३

सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

 |  मंगलबार, असार १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी रु २५ ले गिरावट आएको  छ। आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ निर्धारण भएको छ। 

सोमबार एक तोला सुनको मूल्य रु दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो।  एक तोला चाँदीको मूल्य रु चार हजार ३१० मा कारोबार भएको थियो। त्यस्तै, आइतबार एक तोला सुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२५ मा खरिद बिक्री भएको थियो। 

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: Jun 30, 2026| 12:42 मंगलबार, असार १६, २०८३
प्रतिक्रिया दिनुहोस्