आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • स्थानीय मञ्चबाट अन्तर्राष्ट्रिय यात्रासम्म, स्नोज एम्बासडरहरू थाइल्याण्ड जाँदै

स्थानीय मञ्चबाट अन्तर्राष्ट्रिय यात्रासम्म, स्नोज एम्बासडरहरू थाइल्याण्ड जाँदै

 |  बिहीबार, असार ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०८३

काठमाडौं । स्नो सञ्चार प्रालीद्वारा आयोजित प्रतिभा तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रम स्नोज एम्बासडरका विभिन्न जिल्लाबाट छनोट भएका विजेताहरू अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन थाइल्याण्ड जाने भएका छन्।

ओखलढुङ्गामा गत पौष ५ गते सम्पन्न प्रतियोगिताबाट युहेना श्रेष्ठ विजेता बनेकी थिइन् भने सोलुखुम्बुमा फागुन ३० गते सम्पन्न फाइनल प्रतियोगितामा जुनियरतर्फ नुमी राई र सिनियरतर्फ आकृति राई विजेता घोषित भएका थिए। यी तीनै जना विजेता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन थाइल्याण्ड जाने भएका छन्।

स्नो सञ्चार प्रालिका अनुसार थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम जुन ३० देखि जुलाई ६ सम्म सञ्चालन हुनेछ। कार्यक्रममा १२ भन्दा बढी देशका सहभागीहरूको उपस्थिति रहने छ।

यसैबीच, यहि असार ६ गते कास्की र तनहुँमा सम्पन्न स्नोज एम्बासडर कार्यक्रमको फिनालेमा कास्कीबाट स्वभावि खत्री तथा तनहुँबाट आइलिशा थापा मगर विजेता बनेका छन्।

एक वर्षअघि यही कार्यक्रममार्फत अन्तर्राष्ट्रिय मञ्चमा सहभागी बनेर गएका सम्भव राउत अहिले स्नो सञ्चार प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय निर्देशकका रूपमा सहभागीहरूलाई नेतृत्व गर्दै थाइल्याण्ड जादैछन्। उनको यो यात्रा एक साधारण सहभागीबाट अन्तर्राष्ट्रिय नेतृत्व तहसम्मको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

स्नोज एम्बासडर कार्यक्रमले बालबालिका तथा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ। 

थाइल्याण्डमा हुने कार्यक्रममा नेपाली प्रतिनिधिहरूले आफ्नो प्रतिभा, संस्कृति र क्षमता प्रस्तुत गर्दै देशको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Jun 25, 2026| 18:24 बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्