शनिबार, भदौ ६, २०८३

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

 |  बिहीबार, असार ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०८३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन्। 

बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

विधेयक प्रमाणीकरणसँगै वैकल्पिक स्रोतमार्फत विकास वित्त परिचालनसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ। 


 

प्रकाशित: Jun 25, 2026| 17:11 बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्