बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि २५ करोड विनियोजन

टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि २५ करोड विनियोजन

 |  बिहीबार, असार ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०८३

दाङ- दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड समावेश भएको हो।

National life

विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद कमल सुवेदीले बताए।

उनका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिनेछ। ‘विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन। जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकको थिएन। हाल विमानस्थलको धानवमार्ग ७५० मिटर मात्रै हुँदा ठूला जहाज बस्न सकेका छैनन्। अहिले यहाँ १९ सिटे ट्विनअटर मात्रै अवतरण गर्छ। हप्तामा चार दिन उडान भर्ने भनिए पनि नियमित हुन सकेको छैन’, सांसद सुवेदीले भने।

स्थानीयस्तरबाट यात्रुले सहज सेवा प्राप्त गर्न सकून् भनेर बजेट व्यवस्थापनका लागि पहल गरिएको उनको भनाइ छ। धावनमार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिले पटकपटक पहल गर्दै आएका थिए।

टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन्। टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो।

Shivam cement

प्रकाशित: Jun 25, 2026| 07:26 बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्