बुधबार, असार १०, २०८३

रास्वपाको केन्द्रीय सदस्यमा सुदीप ढकाल  उम्मेदवारी दर्ता 

 |  बुधबार, असार १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०८३

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छ्न।  सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिका रूपमा चिनिन्छन्।

National life

उनी काठमाडौं महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा वालेन्द्र शाहसँगै कार्यरत थिए। उनले महानगरपालिकामा सूचना प्रणाली विकास, डिजिटल प्रशासन तथा डेटा–आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। महानगरभित्र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानमा उनको योगदान उल्लेखनीय थियो।

उनै ढकालले जेन–जी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारको रूपमा काम गरेका थिए। वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। यही कारणले पनि उनी पार्टीभित्र रणनीतिक योजनाकार र समन्वयकर्ताका रूपमा परिचित छन्।

साथै, उनी गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको समानुपातिक उम्मेदवारका रूपमा समेत सहभागी भएका थिए। रास्वपाको चुनावी वाचा–पत्र निर्माणदेखि उम्मेदवारहरूको चुनावी अभियान समन्वयसम्मका विभिन्न जिम्मेवारीमा रहेर उनले काम गरेका थिए। उनलाई पार्टीभित्र ‘टेक्नोक्र्याट प्रतिनिधि’ तथा नीतिगत सुधारका पक्षधर व्यक्तिका रूपमा हेरिन थालिएको छ।

जेन–जी आन्दोलनपछि बनेको यो सरकारको मुख्य उद्देश्य नै सुशासन कायम गराउनु हो। ढकाल पनि सुशासनको क्षेत्रमा प्रधानमन्त्री शाहको उक्त एजेन्डालाई सफल बनाउन दत्तचित्त भएर लागिरहेका छन्।

Shivam cement

शैक्षिक रूपमा उनी कम्प्युटर इन्जिनियरिङमा स्नातक, व्यवस्थापन विषयमा एमबीए तथा विपद् जोखिम व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका व्यक्ति हुन्। सूचना प्रविधि र व्यवस्थापन दुवै क्षेत्रमा दक्षता हासिल गरेका ढकालले यही क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्।

व्यावसायिक जीवनमा पनि उनी विभिन्न शैक्षिक, सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी संस्थाहरूमा नेतृत्वदायी भूमिकामा संलग्न रहँदै आएका छन्। शिक्षा परामर्श, सूचना प्रविधि सेवा तथा संस्थागत व्यवस्थापनका क्षेत्रमा उनले निर्देशक तथा व्यवस्थापकका रूपमा काम गरेको अनुभव छ।

ढकालको सक्रिय राजनीतिक भूमिकाले प्राविधिक विशेषज्ञहरू प्रत्यक्ष रूपमा राजनीतिक नेतृत्व र नीतिनिर्माण प्रक्रियामा प्रवेश गर्ने क्रमलाई थप बल दिएको छ। डिजिटल शासन, डेटा प्रणाली, प्रशासनिक सुधार र सुशासनका क्षेत्रमा अनुभव भएका व्यक्तिहरू राजनीतिक दलहरूमा आकर्षित भइरहेका बेला ढकालको राजनीतिक उभारलाई पनि सोही प्रवृत्तिको एउटा उदाहरणका रूपमा हेरिएको छ।

हाल ढकाल रास्वपाको केन्द्रीय सदस्य पदका आकांक्षीका रूपमा चुनावी मैदानमा छन्। पार्टी संगठन विस्तार, सुशासनको एजेन्डा संस्थागत गर्ने प्रयास तथा प्रशासनिक सुधारका अभियानमा उनको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। सार्वजनिक मञ्चभन्दा परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिने ढकाललाई पार्टीभित्र र बाहिर दुवैतर्फ नेपथ्यका कुशल रणनीतिकारका रूपमा चिन्ने गरिन्छ।

प्रकाशित: Jun 24, 2026| 16:06 बुधबार, असार १०, २०८३
प्रतिक्रिया दिनुहोस्