आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

 |  आइतबार, असार ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०८३

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमतमा राजसंस्थाको पक्षमा रहेका मतदाताको समर्थन पनि समावेश रहेको बताएका छन्।

National life

रास्वपाको प्रथम महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै लिङ्देनले परिवर्तनको अपेक्षा राख्ने विभिन्न राजनीतिक धारका नागरिकहरूले रास्वपालाई समर्थन गरेको उल्लेख गरे।

“प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,” उनले भने, “नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो। तर राप्रपालाई मत नदिई बालेनले राजा ल्याउँछन् भन्ने विश्वास गरेर रास्वपालाई मत दिनेहरू पनि छन्।”

लिङ्देनले रास्वपाले प्राप्त गरेको जनसमर्थन विविध अपेक्षा र आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले त्यसलाई सम्बोधन गर्ने विशेष जिम्मेवारी पार्टीमाथि रहेको बताए।

“त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ। जनताको यो चाहना र अपेक्षालाई सम्बोधन गर्नुपर्नेछ,” उनले भने।

Shivam cement

उनले वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्ने र वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेका नागरिकहरूको भावना बुझेर राजनीतिक दलहरूले काम गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भई शुभकामना मन्तव्य राखिरहेका छन्।

प्रकाशित: Jun 21, 2026| 16:51 आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्