शनिबार, भदौ ६, २०८३

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

 |  आइतबार, असार ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०८३

काठमाडौं- आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु भरतपुर पुग्ने क्रम जारी छ। 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहीबेरमा चितवन पुग्ने जनाइएको छ भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेको त्यहाँबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन्। 

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष  चन्द्रकान्त राउत चितवन पुगिसकेका छन्।

प्रकाशित: Jun 21, 2026| 13:49 आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्