विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
प्रदेशसभा बैठकमा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्। सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
वित्तीय व्यवस्थापन शीर्षकमा १५ कोड छुट्याइएको छ। चालुतर्फ ३४.५५ प्रतिशत हो। पुँजीगततर्फ ५१.३२ प्रतिशत, वित्तीय व्यवस्थापन तर्फ ०.३७ प्रतिशत छ। चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी छ।
सरकारले बजेटको स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाडफाँटबाट १२ अर्ब ८७ करोड, समानीकरण अनुदान ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड र समपूरकतर्फ ६४ करोड हुने अनुमान छ।