आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

 |  सोमबार, असार १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०८३

काठमाडौं- ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। जसबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने ११७ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२८ गरी कुल दुई हजार २५ जनालाई कारबाही गरिएको हो।

प्रकाशित: Jun 15, 2026| 11:21 सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्