शुक्रबार, जेठ १, २०८३

फिल्म ‘ब्वाइफ्रेन्ड’को पोष्टर र प्रदर्शन मिति सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको फिल्म ‘ब्वाइफ्रेन्ड’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ।

निर्माण टिमले फिल्मका तीन नयाँ पोस्टर सार्वजनिक गर्नुका साथै फागुन १० गतेका लागि प्रदर्शन मिति तय गरेको हो। 

युवा पिढीमा मौलाएको ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा निम्तिने परिणामलाई फिल्ममा देखाउन खोजिएको छ। 

बुढाथोकी फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्मित फिल्ममा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ, श्यामकुमार मिश्र, पूजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर केसीलगायतको भूमिका देख्न सकिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्