आइतबार, जेठ ३१, २०८३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

 |  आइतबार, जेठ ३१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३१, २०८३
National life
Shivam cement

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढेको थियो। उक्त दिन एक तोला सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम थियो।

यो दिन चाँदीको मूल्यपनि तोलामा ५५ रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ।  

प्रकाशित: Jun 14, 2026| 11:29 आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्