सोमबार, साउन ११, २०८३

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

 |  शुक्रबार, जेठ २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २९, २०८३

काठमाडौं- स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ। एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ।

हिजो एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो।

प्रकाशित: Jun 12, 2026| 11:08 शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्