सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इप्पान निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाले गरे  २३ सदस्यीय प्यानल घोषणा

इप्पान निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाले गरे  २३ सदस्यीय प्यानल घोषणा

 |  बिहीबार, जेठ २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २८, २०८३

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आगामी २४औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाले आफ्नो प्यानल घोषणा गरेका छन्।

जेठ २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै खतिवडाको नेतृत्वमा २३ सदस्यीय प्यानल सार्वजनिक गरिएको हो । यसअघि इप्पानको आगामी नेतृत्वका लागि उत्तम भ्लोन लामाले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन्। यससँगै इप्पान निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

प्यानलको वरिष्ठ उपाध्यक्षमा खतिवडा छन्। उपाध्यक्षमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, इन्जिनियर दीपक पौडेल र महिला उपाध्यक्षमा सिर्जना खड्का छन्। महासचिव पदमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उमेदवार बनेका छन्। सचिवमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, इन्जिनियर वीरेन्द्रबहादुर मल्ल, महिला सचिवमा संगीता धमला तथा इशा श्रेष्ठ रहेका छन्। कोषाध्यक्षमा इन्जिनियर मिथुन पौडेल उमेदवार छन्।

सदस्यमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कँडेल, सुकुन्द ओझा तथा महिला सदस्यमा ज्योति गैरे र इन्दिरा पन्त  छन्। प्रदीप ओली पनि सदस्य पदका उमेदवार छन्।

इप्पानले जेठ २९ गते हुने २४औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन गर्नेछ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको छाता संगठन इप्पानको नेतृत्वका लागि उमेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

 

प्रकाशित: Jun 11, 2026| 11:14 बिहीबार, जेठ २८, २०८३
प्रतिक्रिया दिनुहोस्