बिहीबार, जेठ २८, २०८३

एकैदिन सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

 |  बिहीबार, जेठ २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २८, २०८३
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु पाँच  हजार १०० र चाँदी रु ९० ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ। एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ। 

हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो। गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो।  
 
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 11, 2026| 11:13 बिहीबार, जेठ २८, २०८३
प्रतिक्रिया दिनुहोस्