सोमबार, साउन ११, २०८३

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

 |  शुक्रबार, जेठ २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २२, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ। 

हिजो बिहीबार एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको थियो।  गत बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 05, 2026| 11:18 शुक्रबार, जेठ २२, २०८३
प्रतिक्रिया दिनुहोस्