सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन

 |  शुक्रबार, जेठ २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २२, २०८३

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १५२, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११३, एकतर्फी सडकमा सवारी चलाउने १४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३०५ जनालाई कारबाही गरिएको हो।

प्रकाशित: Jun 05, 2026| 09:58 शुक्रबार, जेठ २२, २०८३
प्रतिक्रिया दिनुहोस्