सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

 |  बिहीबार, जेठ २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २१, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको छ। एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको छ। 

हिजो बुधबार एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 04, 2026| 11:07 बिहीबार, जेठ २१, २०८३
प्रतिक्रिया दिनुहोस्