बिहीबार, जेठ २१, २०८३

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

 |  बिहीबार, जेठ २१, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २१, २०८३

धनुषा- मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ। 

National life

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो। स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको  थियो।

जसमध्ये ३५ हजार ८८३ जना कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित र दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेका तथ्याङ्कमा उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यो अवस्था सङ्कटपूर्ण मानिन्छ।
  
मधेस प्रदेशमा कुपोषित तथा शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या ४४ हजार ६५४ पुगेको छ, जुन कूल परीक्षण गरिएका बालबालिकाको १५.७६ प्रतिशत हुन आउछ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको बताए।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशका प्रदेश सचिव डा प्रमोद यादवले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमा बाल कुपोषण उच्च हुनु चिन्ताको विषय भएको जानकारी दिए। 
 
करिब २९ प्रतिशत बालबालिका मधेस प्रदेशमा जन्मिने र नेपालको कूल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्छन्।

प्रकाशित: Jun 04, 2026| 11:00 बिहीबार, जेठ २१, २०८३
प्रतिक्रिया दिनुहोस्