काठमाडौं- नेपालको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज र आकर्षक भायाटिभी अफर सार्वजनिक गरेको छ। कम्पनीले वार्षिक रु. १३,८०० (करसहित) मा २५० एमबिपिएस इन्टरनेट उपलब्ध गराउँदै आएको छ।
यस प्याकेज अन्तर्गत ग्राहकले जडान शुल्क मिनाहा पाउनेछन् भने केवल रु. १,००० डिपोजिट बुझाउनु पर्नेछ। यसका साथै वार्षिक प्याकेज लिने ग्राहकहरूले प्रति महिना थप रु. २५० मा भायाटिभी सेवा प्राप्त गर्न सक्नेछन्, जसमा पहिलो सेट-टप-बक्सको सक्रियता शुल्क लाग्ने छैन।
ग्राहकहरूलाई थप लाभ दिन भायानेटले डामी एपसँग सहकार्य गरेको छ। काठमाडौँ, पोखरा र चितवनका वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १,५०० बराबरको १ वर्षको डामी एप सदस्यता नि:शुल्क पाउनेछन्, जसबाट विभिन्न आउटलेटहरूमा छुट प्राप्त हुनेछ।
यसैबीच, आगामी फुटबल विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण हिमालय टिभीको 'हिमालय स्पोर्ट्स च्यानल' मार्फत हेर्नका लागि भायानेटले कुपन खरिदको व्यवस्था मिलाएको छ। ग्राहकहरूले प्रति टिभी रु. ९९९ मा कुपन खरिद गरी विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।
यो कुपन डिजिटल वालेटहरू (ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस) वा टिभी स्क्रिनको क्युआर कोड स्क्यान गरेर खरिद गर्न सकिन्छ। एउटा कुपन एउटा टिभीका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ। थप जानकारीका लागि ग्राहकले ०१-५९७०६४४ मा सम्पर्क गर्न सक्नेछन्।