सोमबार, साउन ११, २०८३

बुधबार सुनको भाउ स्थिर, चाँदी घट्यो

 |  बुधबार, जेठ २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २०, २०८३

काठमाडौं- विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ। चाँदीको मूल्य केही घटेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ। मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो।

आज एक तोला चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ। हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jun 03, 2026| 11:28 बुधबार, जेठ २०, २०८३
प्रतिक्रिया दिनुहोस्