बिहीबार, जेठ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफले 'एनएफआरएस १७' कार्यान्वयनका लागि, 'केपिएमजि इन्डिया'  लाई परामर्शदाताका रूपमा नियुक्त गर्‍यो

सिटिजन लाइफले 'एनएफआरएस १७' कार्यान्वयनका लागि, 'केपिएमजि इन्डिया'  लाई परामर्शदाताका रूपमा नियुक्त गर्‍यो

 |  बिहीबार, जेठ १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १४, २०८३

काठमाडौं- नेपाल लेखामान बोर्डद्वारा जारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको NFRS 17 (Insurance Contracts) लाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वव्यापी परामर्शदाता संस्था KPMG Assurance and Consulting Services LLP लाई आफ्नो कार्यान्वयन साझेदार नियुक्त गरेको छ।

National life

नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि भएको यो नियुक्तिअन्तर्गत KPMG ले साढे ३ वर्षसम्म सिटिजन लाइफलाई परामर्श दिनेछ। सम्झौतामा प्रारम्भिक कार्यान्वयन चरणसँगै ३ वर्षको पोस्ट–इम्प्लिमेन्टेशन सपोर्ट पनि समावेश छ।

KPMG विश्वका 'Big Four' व्यावसायिक सेवा प्रदायकमध्ये एक हो। Assurance, Consulting, Tax र Risk Advisory मा विशेषज्ञता राख्ने यस संस्थाले बैंक, बीमा कम्पनी र ठूला संस्थाहरूलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार सेवा दिँदै आएको छ। IFRS 17/NFRS 17 जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्डको कार्यान्वयनमा KPMG को अनुभव दक्षिण एसिया, विशेष गरी भारतमा बलियो मानिन्छ।

सिटिजन लाइफका अनुसार यो साझेदारीबाट कम्पनीले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक दक्षता भित्र्याउनुका साथै Knowledge Transfer मार्फत आफ्नै टिमको क्षमता अभिवृद्धि गर्नेछ। यसले NFRS 17 कार्यान्वयनलाई मात्र होइन, प्रणालीको दीर्घकालीन स्थायित्व र संस्थागत दक्षतालाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ।

कम्पनीले उक्त पहलले सिटिजन लाइफलाई पारदर्शी, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बीमा संस्थाका रूपमा थप स्थापित गर्ने जनाएको छ।

Shivam cement

प्रकाशित: May 28, 2026| 15:54 बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्