बिहीबार, जेठ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल-साउदी द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनबारे चेम्बर र राजदूतबीच छलफल

नेपाल-साउदी द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनबारे चेम्बर र राजदूतबीच छलफल

 |  बिहीबार, जेठ १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १४, २०८३

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मङ्गलबार चेम्बर सचिवालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवर्द्धन, पर्यटन विकास र साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाका विषयमा छलफल भएको छ।

National life

भेटमा अध्यक्ष अग्रवालले हाल दुई देशबीच करिब १० मिलियन अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार रहेको जानकारी दिँदै यसलाई श्रम सहकार्यमा मात्र सीमित नगरी व्यापार, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले नेपालमा जलविद्युत्, कृषि तथा जडीबुटी क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै साउदीको ‘भिजन २०३०’ अन्तर्गतका गौरवशाली आयोजनाहरू नेपाली जनशक्ति र व्यवसायीका लागि नयाँ अवसर हुन सक्ने बताए।

राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि खुला हुँदै गएको स्पष्ट पारे। आगामी सन् २०३४ को फिफा विश्वकप र एक्स्पो २०३० जस्ता कार्यक्रमहरूले विभिन्न क्षेत्रमा लगानी सहकार्यका थप अवसरहरू सिर्जना गर्ने उनको भनाइ थियो। भेटका क्रममा दुवै पक्षले पश्चिम एसियाको वर्तमान परिस्थिति र त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा हितका विषयमा समेत चासो व्यक्त गरेका थिए।

प्रकाशित: May 28, 2026| 15:32 बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्