बुधबार, जेठ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक सर्वेक्षण : नेपालमा दर्ता भए ६२ लाख सवारी साधन, ५० लाख मोटरसाइकल मात्रै

आर्थिक सर्वेक्षण : नेपालमा दर्ता भए ६२ लाख सवारी साधन, ५० लाख मोटरसाइकल मात्रै

 |  बुधबार, जेठ १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १३, २०८३

काठमाडौं । नेपालमा हालसम्म ४१ लाखभन्दा बढी सवारी चालकले स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) पाएका छन्। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुनसम्म देशभर कुल ४१ लाख १४ हजार १८१ थान स्मार्ट कार्ड वितरण गरिएको हो।

National life

चालु आर्थिक वर्षको फागुनसम्म मात्रै ४३ हजार ७५० थान स्मार्ट कार्ड वितरण भएको सर्वेक्षणमा उल्लेख छ।

आर्थिक सर्वेक्षणअनुसार इम्बोस्ड नम्बर प्लेट उत्पादनको तुलनामा जडान प्रक्रिया निकै सुस्त देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा जम्मा ५ हजार १८६ थान मात्र जडान भएको छ।

त्यस्तै, हालसम्म (२०८२ फागुनसम्म) कुल ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भइसकेको छ। तर, त्यसमध्ये ८८ हजार ३४० थान मात्र सवारी साधनमा जडान भएको सर्वेक्षणले देखाउँछ। इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन सरकारले 'इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१' स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

सर्वेक्षणअनुसार चालु आव २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार र मोटरसाइकलसहित थप २ लाख ८१ हजार ९२१ यातायातका साधन दर्ता भएका छन्। योसँगै नेपालमा दर्ता भएका कुल सवारी साधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ।

Shivam cement

दर्ता भएका कुल सवारी साधनमध्ये ८० प्रतिशतभन्दा बढी अर्थात् ५० लाखभन्दा धेरै मोटरसाइकल मात्रै रहेको सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित: May 27, 2026| 16:15 बुधबार, जेठ १३, २०८३
प्रतिक्रिया दिनुहोस्