शनिबार, जेठ ९, २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 |  शुक्रबार, जेठ ८, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ८, २०८३

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ। 

National life

यसैगरी, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८४ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०५ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

Shivam cement

त्यसैगरी, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६ रुपैयाँ ४९ पैसा तोकिएको छ। डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ ७५ पैसा तथा बिक्रीदर ५०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। ओमानी रियाल एकको खरिददर ३९९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४०० रुपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: May 22, 2026| 08:13 शुक्रबार, जेठ ८, २०८३
प्रतिक्रिया दिनुहोस्