काठमाडौं– सरकारले पार्टी विभाजनलाई सहज बनाउन राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सांसदहरूलाई छलफलमा डाकेको छ।
नेता नेपालले सिंहदरबारमा आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुसँगको बैठक बोलाएका हुन्। नेपाललले सम्भावित रणनीति तय गर्नका लागि नेपालले आफू पक्षीय नेतासँगको बैठक राखेका हुन्। मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको बताइएको छ।
एमालेले भने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ।