शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवा दल विभाजन सम्बन्धी अध्यादेश बोकेर पुगे शीतल निवास

प्रधानमन्त्री देउवा दल विभाजन सम्बन्धी अध्यादेश बोकेर पुगे शीतल निवास

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अध्यादेश प्रमाणीकरण लगायतका विषयमा राष्ट्रपतिसँग परामर्श गर्न देउवा शीतल निवास पुगेको बताइएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेका दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो। 

अध्यादेश ल्याउने सरकारको निर्णयसँगै अब फुटको संघारमा रहेका नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन हुन सजिलो हुने भएको छ।

जसपामा महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाइसकेको छ। अध्यादेशसँगै उनीहरुलाई बाहिरिनका लागि ढोका खुल्नेछ।
प्रकाशित: Aug 17, 2021| 14:09 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...