सोमबार, मंसिर १, २०८२

‘समर लभ’को गुनासो छैन बोलको गीत सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – चर्चित आख्यानकार सुविन भट्टराईद्वारा लिखित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को  ‘गुनासो छैन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा गायक पुष्पन प्रधानको स्वर, शब्द र संगीत छ। 
 
अभिनेता आशिष पिया उर्फ अतितको प्रेम पीडा गीतमा देखाइएको छ। अभिनेत्री रेवती क्षेत्री उर्फ सायाको प्रेममा उनी तड्पिएको म्युजिक भिडियोमा हेर्न सकिन्छ। 
 
फिल्म यही शुक्रवारबाट प्रदर्शनमा आउने भएको छ। फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन्। सुबिन भटराइको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन्। फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन्। 
 
बिनोद अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा स्वपन सरकार र मनोज बिक रहेका छन्। फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्