बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

 |  बिहीबार, वैशाख १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १०, २०८३

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रू ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रू १० अर्ब १९ करोड अर्थात १५ प्रतिशत बढी आयात भएको हो।

National life

जबकी गत आवको नौ महिनामा भने रू ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए।

यो नाका हुँदै चालु आवको नौ महिनामा रू ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ। जबकी गत आवको सोही अवधिमा भने रू ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो। चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने रू पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो।

त्यस्तै चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने ५९ करोड मूल्यको मात्रै भएको थियो। चालु आवको नौ महिनामा रू पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने छ अर्ब ६१ करोड मूल्यको भएको थियो।

चालु आवको नौ महिनामा रू दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडाहरु निर्यात भयो। त्यस्तै चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ।

kumari

प्रकाशित: Apr 23, 2026| 06:54 बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्