आइतबार, वैशाख ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरेबगर-घोडेपानी सडकको हल्लेखर्क खण्ड श्रमदानबाट मर्मत

पोखरेबगर-घोडेपानी सडकको हल्लेखर्क खण्ड श्रमदानबाट मर्मत

 |  आइतबार, वैशाख ६, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ६, २०८३

म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको हल्लेखर्क खण्डको श्रमदानमार्फत मर्मत सुरु गरिएको छ। अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर, बिरौटा, हल्लेखर्क, कुरमुनी, भुवानीथान र घारका स्थानीयद्वारा स्वस्फूर्त रूपमा श्रमदान गरी सडक मर्मत थालिएको हो।

National life

स्थानीयले यसअघि गत साता पनि दुई दिन श्रमदान गरेर सोही सडकको लुलियाघुम्तीको अप्ठ्यारो सडकमा ढुङ्गा बिछ्याएर सोलिङ गरी मर्मत गरेका थिए। अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले वडाका जनप्रतिनिधिसहित ४० जनाले आज दिनभर श्रमदान गरेर १५ मिटर दूरीको सडकमा सोलिङ गरेर पोखरेबगर-घोडेपानी खण्डमा सवारीसाधान सञ्चालन गर्न सकिने बनाएका जानकारी दिए। 

सडक मर्मतपछि सहज रूपमा ठूला र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका वडाध्यक्ष खड्काले जानकारी दिए। उनका अनुसार स्थानीय युवा राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको हो। 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य आज श्रमदान भइरहेको ठाउँमा पुगेर सहभागीलाई हौसला प्रदान गर्नुभएको थियो। लुलियाघुम्ती र हल्लेखर्च पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा मानिनाका साथै जीर्ण अवस्थाका कारण स्थानीयका साथै पर्यटकीयस्थल घोडेपानी भ्रमणमा जाने पर्यटकलाई आवागमनमा समस्या हुँदै आएको थियो। पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचमा अड्किने र दुर्घटना हुने समस्या बढेको थियो। 

सङ्घीय सरकारले बजेट विनियोजन गरेको उक्त आयोजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरबाट श्रमदान गरेर अस्थायी रूपमा मर्मत गरिएको वडाध्यक्ष खड्काले बताए। ग्यावियन जाली, ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट रु ५० हजार नगद र अन्य दाताबाट आवश्यक सामग्री सहयोग भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। जनप्रतिनिधिहरूबाट निरन्तर ताकेता भएपछि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले बिहीबार मात्रै रु तीन करोड बजेट विनियोजन भएको उक्त आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ।

kumari

यसैबीच, यतिबेला घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ। कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ। बिरेठाँटी उल्लेरी हुँदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खोलेकाले भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ। अहिले लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको चाप बढेको स्थानीय बताउँछन्। रासस

प्रकाशित: Apr 19, 2026| 21:13 आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्