आइतबार, वैशाख ६, २०८३

हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

 |  आइतबार, वैशाख ६, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ६, २०८३

सिरहा। शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ। हावाहुरीका कारण लहान नगरपालिका–२१ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको जस्तापाता उडाएको थियो। स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई त्रिपाल, चामल, नुन, खानेतेललगायतका आवश्यक सामग्री वितरण गरे। 

National life

सो अवसरमा नगरप्रमुख चौधरीले पीडितको तत्काल बसोबासको व्यवस्थापनमा नगरपालिकाले प्राथमिकता दिएको बताए। “हावाहुरीबाट प्रभावित परिवारलाई तत्काल सुरक्षित बसोबासका लागि त्रिपाल उपलब्ध गराएका छौँ,” उनले भने, “अब एक हप्ताभित्रै जस्तापाता उपलब्ध गराएर दीर्घकालीन बसोबासको व्यवस्था गर्छौँ।”

नगरप्रमुख चौधरीले भूमिहीन तथा सुकुम्वासी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिए। “हामी सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ,” उनले भने। उक्त बस्तीमा ४२ परिवार बसोबास गर्दै आएका छन्। 

यसैबीच, हावाहुरीकै कारण लहान-२४ मा सात घर र लहान—१९ मा एक घरमा पनि क्षति पुगेको छ। रासस

प्रकाशित: Apr 19, 2026| 19:45 आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्