सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त भएका छन् । 

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त भएका छन् । 

 |  आइतबार, वैशाख ६, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ६, २०८३

काठमाडौं-  मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्। बिहीबार बसेको बैंक सञ्चालक समितिले उनलाई सो पदमा नियुक्त गरेको हो।

National life

बैंकका कम्पनी सचिव डण्डपानी ढकालका अनुसार सञ्चालक समितिको ३७१ औँ बैठकले मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ। 

हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका प्रद्युमन पोखरेलको कार्यकाल आगामी २०८३ वैशाख मसान्तबाट सकिँदैछ। पोखरेलको कार्यकाल समाप्त भए लगत्तै नवनियुक्त सीईओ मानन्धरले २०८३ जेठ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।

स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका स्थायी ठेगाना भएका मानन्धर हाल टोखामा बसोबास गर्दै आएका छन्। उनी यसअघि डिस मिडिया नेटवर्कको सीईओ थिए। त्यसअघि उनले दुई दशक बैंकिङमा थिए। सो क्रममा उनले प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा काम गरेको अनुभव छ। 

 

Shivam cement

 

प्रकाशित: Apr 19, 2026| 12:08 आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्