शुक्रबार, वैशाख ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन जाभामा एनसेल ग्राहकलाई कफी र खाजामा विशेष छुट

हिमालयन जाभामा एनसेल ग्राहकलाई कफी र खाजामा विशेष छुट

 |  शुक्रबार, वैशाख ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ४, २०८३

काठमाडौँ- एनसेल र हिमालयन जाभा कफीबिच नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष सहकार्यको सुरुवात भएको छ। यस साझेदारीअन्तर्गत एनसेलका ग्राहकहरूले देशभरका हिमालयन जाभा आउटलेटहरूमा प्रिमियम कफी, पेय पदार्थ र विभिन्न परिकारहरूमा आकर्षक छुट प्राप्त गर्ने भएका छन्। ग्राहकहरूको व्यावसायिक बैठक, सामाजिक जमघट र व्यक्तिगत समयलाई थप अर्थपूर्ण बनाउने उद्देश्यले यो अफर ल्याइएको हो।

National life

यस योजनाअनुसार रु. ४९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने ग्राहकले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन्। साथै, सोही वर्गका ग्राहकले तेस्रो कप कफी खरिद गर्दा ३० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। यो अफरले कफी प्रेमीहरूलाई आफ्ना साथीभाइ र परिवारसँग समय बिताउन थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

युवा वर्ग र पर्यटकहरूलाई लक्षित गर्दै एनसेलले विशेष सहुलियतको व्यवस्था गरेको छ। २५ वर्ष वा सोभन्दा कम उमेरका युवा र एनसेल सिम प्रयोग गर्ने पर्यटकहरूले रु. ९९ वा सोभन्दा माथिको प्याक प्रयोग गरेको खण्डमा सबै प्रकारका खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन्।

यसबाहेक, रु. ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लानमा रहेका अन्य सबै एनसेल प्रयोगकर्ताले पनि १० प्रतिशत छुटको सुविधा उपभोग गर्न सक्नेछन्। एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो साझेदारीले ग्राहकहरूलाई व्यस्त दैनिकीबाट विश्राम लिई सम्बन्धहरू प्रगाढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ।

त्यस्तै, हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले पनि एनसेलसँगको सहकार्यले देशभरका कफी प्रेमीहरूलाई गुणस्तरीय सेवाका साथमा थप सुविधा दिन पाउँदा खुसी व्यक्त गर्नुभएको छ।

kumari

यो सुविधा लिनका लागि ग्राहकले कुनै अतिरिक्त दर्ता प्रक्रिया पूरा गर्नु पर्दैन। अर्डर दिने समयमा एनसेल एपको ‘पार्टनर्ड सर्भीसेस’ खण्डमा गएर हिमालयन जाभा कफी छनोट गरी आफ्नो योग्यता देखाउनुपर्ने हुन्छ।

यसका लागि एपको 'लाइभ' स्क्रिन देखाउनु अनिवार्य छ, किनकि स्क्रिनसटलाई मान्यता दिइने छैन। प्याक सक्रिय रहेको अवधिभर ग्राहकले यो सुविधा पटक-पटक लिन सक्ने कम्पनीले जनाएको छ


प्रकाशित: Apr 17, 2026| 11:38 शुक्रबार, वैशाख ४, २०८३
प्रतिक्रिया दिनुहोस्