बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनचाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

 |  बिहीबार, वैशाख ३, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले बढेको हो। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५० कायम भएको छ। 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 16, 2026| 11:17 बिहीबार, वैशाख ३, २०८३
प्रतिक्रिया दिनुहोस्