बुधबार, वैशाख २, २०८३

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

 |  बुधबार, वैशाख २, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन प्रतितोला रु छ हजार र चाँदी रु ३२० ले बढेको हो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २२० कायम भएको छ। 

गत सोमबार एक तोला सुन रु दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९०० मा कारोबार भएको थियो। गत आइतबार रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९७५ कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 15, 2026| 11:18 बुधबार, वैशाख २, २०८३
प्रतिक्रिया दिनुहोस्