सोमबार, चैत ३०, २०८२

यामाहाकाे 'एफजेडएस एफआई न्यु जेन' सार्वजनिक

 |  सोमबार, चैत ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०८२

काठमाडौं- यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लु ग्रुपले काठमाडौंमा 'यामाहा ब्लु फेस्ट'को आयोजना गर्दै प्रिमियम कम्युटर सेग्मेन्टको नयाँ मोटरसाइकल 'एफजेडएस इफआई न्यु जेन' सार्वजनिक गरेको छ।

National life

एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र ब्रान्ड एम्बेसडर अनुप विक्रम शाहीले संयुक्त रूपमा उक्त नयाँ मोडलको उद्घाटन गरेका थिए।

'लिड द नेक्स्ट' थिममा सार्वजनिक गरिएको नयाँ बाइकमा सुरक्षित र स्मार्ट राइडिङका लागि ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाई-कनेक्ट जस्ता अत्याधुनिक फिचरहरू समावेश गरिएको कम्पनीका सीईओ दीपक अग्रवालले जानकारी दिए। कार्यक्रममा मोटरसाइकल सार्वजनिकरणका साथै 'एक्सचेन्ज कार्निभल' पनि सञ्चालन गरिएको थियो।

५० भन्दा बढी रिकन्डिसन हाउसहरू सहभागी उक्त फेस्टमा ग्राहकहरूलाई पुराना बाइकको उचित मूल्याङ्कन, तत्काल फाइनान्स ९नागरिकताको भरमा०, ४० महिनासम्मको सहज किस्ता र अधिकतम ५ लाख रुपैयाँसम्मको क्यासब्याक अफर उपलब्ध गराइएको थियो।

इनोभेसन र राइडर सन्तुष्टिप्रति प्रतिबद्धता जनाउँदै यामाहाले ब्लु फेस्टमार्फत ग्राहकहरूलाई उत्कृष्ट ब्रान्ड अनुभव र विशेष अफरहरू प्रदान गरेको छ।

kumari

प्रकाशित: Apr 13, 2026| 11:32 सोमबार, चैत ३०, २०८२
प्रतिक्रिया दिनुहोस्