शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

 |  बिहीबार, चैत २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०८२

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो।
 
निगमले आजबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो। 

Machhapuchchhre

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि गरिएको छ। निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु दुई सय १९ पुगेको छ। त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रु दुई सय सात पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ। त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु दुई सय ५७ कायम गरिएको छ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ। आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ।

प्रकाशित: Apr 09, 2026| 21:06 बिहीबार, चैत २६, २०८२